१. पृष्ठभूमि

नेपाल भूकम्प, बाढी, पहिरो, आगलागि, तातो हावा (लू), शीतलहर, चट्यांग, हुरी बतास, असीना, खडेरी, महामारी आदि जस्ता प्रकोपहरुबाट ग्रस्त छ । प्राकृतिक जोखिमहरुका कारण हुने विपद्ले गर्दा व्यापक जनधनको क्षति भईराखेकोछ ।

२. पोखरी उत्खननको औचित्य (Justification for the Pond Construction)

पोखरी उत्खननबाट निम्न अनुसारको फाइदा हुने देखिएको छ ।

२.१. पोखरी उत्खननद्वारा बाढी पहिरोको रोकथाम
पोखरी बनाएको खण्डमा बाढी तथा पहिरो रोकथाम गर्न सकिने भएकोले आज भन्दा २३०० वर्ष अगाडि चाणक्यले आफनू कृति अर्थशास्त्रमा जलाशय बनाउने सुझाव दिएका छन् । यसैलाई अनुसरण गरेर काठमाडौं उपत्यकाका तिनै शहरमा पुखु अर्थात पोखरीहरु बनाएको अझै पनि देख्न सकिन्छ भने जनकपुर लगायत मधेशमा ठूला ठूला पोखरी र पहाडमा आहाल बनाउने प्रचलन थियो । अहिले त्यो परम्पराको परित्याग गरिएकोले पहिरो तथा डुबानको समस्या सामना गर्नु परिरहेको छ । विभिन्न अध्ययनले पोखरी बनाएको खण्डमा बाढी नआउने र आए पनि कम गतिमा आउने प्रमाणित गरेका छन् ।

२.२. पोखरी उत्खननद्वारा पहिरोको रोकथाम
पहाडमा समतल जमिनको उपलब्धता अनुसार साना ठूला पोखरी बनाएको खण्डमा पहिरो रोकथाम गर्न सकिन्छ । विश्वमै सुप्रशिद्ध चीनको थ्रि गोर्ज ड्याममा गरिएको एक अध्ययनले के देखाएको छ भने यसको समिपमा रहेका पहाडमा अवस्थित पोखरीले गर्दा यसमा गेगरको मात्रा कम भएको छ । पहाडको टुप्पादेखि तल सम्म गुरुत्वले गर्दा अति बेगमा पानीको प्रवाह हुने भएकोले पहिरो आउने हो । यस्तो घटना खोल्सामा बढी देखिन्छ । त्यसकारण यस्ता पोखरी खोल्साको माथि, दॉयॉ तथा बॉयॉ बनाउन सकियो भने पहिरोको रोकथाम हुन सक्तछ ।

२.३. पोखरी उत्खननद्वारा डढेलोको रोकथाम
पोखरीको सामिप्यमा तापक्रम कम तथा आद्रता बढी भएको जनकपुर तथा पाटनको पिम बाहमा गरिएका विद्यावारिधि तथा स्नातकोत्तर तहका अनुसन्धान कार्यले देखाएका छन् । जंगलमा पोखरी बनाउन सकियो भने ड‘ढेलो लाग्ने संभावना कम र लागी हाले पनि ड‘ढेलो पोखरीमा भएको पानीको संपर्कमा आएर निभ्ने वा पोखरीको पानीबाट निभाउन सकिने संभावना रहन्छ । यसरी पोखरी खनेको खण्डमा डँढेलोको जोखिम कम हुने र नियन्त्रण गर्न सकिने संभावनालाई नकार्न सकिदैन ।

२.४. पोखरी उत्खननद्वारा प्रदूषणको रोकथाम
गत बर्ष देशमा व्यापक रूपमा डढेलो लागेर प्रदूषण नाटकीय रुपमा बढेको थियो । यति सम्म कि सरकारले आवश्यक काम नभए बाहिर नजाने र घरमा नै रहने सूचना पनि जारी गरेको थियो । पोखरी खन्नाले ड‘ढेलो कम हुने भएकोले प्रदूषण धेरै हुने कुरा नै भएन । यसले मानिसको स्वास्थ्यमा पु¥याउने हानीमा कमि ल्याउ‘छ ।

२.५. पोखरी उत्खननद्वारा चटयाङको रोकथाम
पोखरी भएको स्थानमा रुखहरू अघला हुने र वातावरण आद्र खालको हुने भएकोले वस्तिमा पर्ने चटयाङ जंगलमा पर्न जान्छ । यसले गर्दा चटयाङबाट पनि जोखिम कम हुन जान्छ ।

२.६. पोखरी उत्खननद्वारा जंगली जनावरको रोकथाम
पोखरीमा भएको पानी पिउन पाउने भएको खण्डमा जंगली जनावर वस्तिमा आएर दुःख दिदैनन् । चरा चुरुङ्गिलाई पनि खाद्य तथा पेय जंगलमै पर्याप्त मात्रामा हुन्छ ।

२.६. पोखरी उत्खननद्वारा जलवायु परिवर्तनमा नियन्त्रण
अहिले कोरोना जस्तै सारा विश्वनै जलवायु परिवर्तनबाट पीडित भएको छ । एकै वर्षमा नै नाङ्गा पहाड पनि रुख, बोट, बिरुवाले हरा भरा हुन्छन जसबाट जलवायु परिवर्तन पनि नियन्त्रित हुन्छ । सौन्दर्य पनि बढन जान्छ । पोखरीको वरिपरि पर्यटकलाई विचरण गर्ने अवसर पनि प्राप्त हुन्छ ।

२.६. पोखरीको चौतर्फी फाइदा
यसबाट के थाहा हुन्छ भने पोखरीको चौतर्फी फाइदा हुन सक्तछ । श्रमिक वर्गले काम पाउने हुनाले यसले रोजगारीको पनि सिर्जना गर्दछ । एउटा पोखरी खन्न स्थान अनुसार रु ५००० या कम लाग्ने देखिएको छ ।

२.७. पोखरीको बनोट
पाहाडमा मदेश जस्तो ठूला ठूला पोखरी बनाउन सकिदैन । त्यसकारण टुप्पामा २० फुट वर्गको १.५ः १ झुकाब भएको पिछंधमा ८ फुट बर्ग भएको पोखरी निर्माण गरिएको हो । यसमा १००० घन फुट पानी अट्छ । यसको तीन तिर ढुंगा माटोको तटबन्ध पर्खाल लगाइएको छ र यसको बाहिरको झुुकाब १ः १ राखिएको छ । अहिले बर्दिवास जिल्लाको कालापानी नजिकको बाहुनी झोरामा बनाइएका १०० पोखरीले भारी वर्षा भएको बेला १००००० घन फुट पानी संकलन गर्न सक्तछ । यो पोखरी १ दिनमा ४ जनाले बनाउन सक्छन ।